वडा अध्यक्षले रुख काट्न लगाएको वनका अध्यक्ष पौडेलको आरोप, कुनै निर्देशन नदिएको वडा अध्यक्ष चितौरेको भनाइ । सुन्नुहोस् दुबैका कुरा

0


गैँडाकोट, २३ चैत । लकडाउनको समय गैडाकोटमा अवैध ४६ वटा रुख काटिएको बताइएको छ । भेडावारी सामुदायिक वन गैडाकोट ११, १२ का अध्यक्ष गुरुप्रसाद पौडेलका अनुसार शनिबार मात्रै गैंडाकोट नगरपालिका वार्ड नम्बर ११ मा पर्ने भेडाबारी सामुदायिक बन र गैंडाकोट १८ मा पर्ने बराह देवि राष्ट्रिय बन क्षेत्रमा अवस्थित सडक को दायाँ बायामा रुखहरु काटिएको अवस्थामा भेटिएको हो ।
भेडावारी सामुदायिक वनको २६ र वराह देवीको २० वटा रुख काटिएको अवस्थामा भेटिएको थियो । सरकारले लकडाउन गरेको फाइदा उठाउदै बाटो विस्तारका लागि रुखहरु फडानी गर्न गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले निर्देशन दिएको भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेलले बताउनुभयो ।
भेडावारी सामुदायिक वनको २६ र वराह देवीको २० वटा रुख कटानमा आफ्नो कुनै निर्देशन नरहेको गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले बताउनुभयो । आफूमाथि निराधार कुनै पनि बदनियत नलगाउन समेत वडा अध्यक्ष चितौरेको भनाइ छ ।

 

Share.

Leave A Reply