कोरोना आशंकामा नवलपुरबाट १४ जनाको परीक्षण, नतिजा सवै नेगेटिभ

0

माया कंडेल, २३ चैत्र । पूर्वी नवलपरासीबाट कोरोना संक्रमणको आशंकामा हालसम्म पठाईएका सबै नमुना नेगेटिभ आएको छ । २२ गते ५ वटा रिपोर्ट प्राप्त भएको र सो रिपोर्ट पनि नेगेटिभ रहेको नवलपूरका जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाईले जानकारी दिनुभएको छ । हालसम्म जिल्लाबाट कोरोनाको आशंकामा १४ वटा नमुना परिक्षण गरिएकोमा १४ वटा नमुना नै नेगेटिभ आएको बताउनुभयो ।

Share.

Leave A Reply