गैटाकोटका किसानले पर्याप्त दाना चोकर खरिद गर्न पाएनन्

0

राजेन्द्र पौडेल, २३ चैत्र । कोभिड १९ को संक्रमणबाट वच्न चैत्र ११ गते देखि गरिएको लकडाउनका कारण किसान ले दाना चोकर खरिद गर्न नपाएको गुनासो गरेका छन् । दाना चोकर खदिर गर्न नपाएका कारण गाई बस्तुलाइ खुवाउन नपाएको गुनासो गरेका हन् । दानाचोकर को कारण दूध उत्पादनमा कमि आएको छ। गैडाकोट ७ का पशु पालक कृषषक राम प्रसद कन्डेलले ११ वटा गाई र भैंसी पालेको बताउँदै पहिला दैनिक ६० लिटर दूध उत्पादन हुने भएपनि अहिले दाना चोकरको कमिले दैनिक ४० लिटर उत्पादन हुने गरेको बताउनुभयो । गैडाकोट ६ मा रहेको मुनाल फूड्सले आम्सिक रुपमा चोकर बितरण गरे पनि मोलासीस को अभाव मा दाना बनाउन नसकिएको न्यु शिवशक्ती दाना उद्योग का सन्चालक भक्त तिवारीले बताउनु भयो ।मोलासिस उपलब्ध भएमा कृषकलाई राहत मिल्ने गरि दाना उत्पादन गर्न सकिने भन्दै सम्वन्धित निकायलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply