राहत वितरणलाई अनावश्यक प्रचार नगरौँ ः नगरप्रमुख छत्रराज पौडेल

0

गैडाकोट,२३ चैत्र । राहत वितरणको कार्यमा भीड देखाउदै पीडितलाई राखेर फोटो खिची सामाजिक संजालमा अनावश्यक प्रचार गरेको भन्दै त्यसो नगर्न गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले सवैमा आह्वान गर्नुभएको छ ।

स्वास्थ्य विपतको यो समयमा राहत वितरणको नाउँमा पीडितलाई सार्वजनिक गर्ने, सामाजिक संजालमार्फत अनावश्यक प्रचार गर्ने कार्य अहिलेको समयमा सुहाउँदो नभएको भन्दै सम्वन्धित पीडीतलाई खुशी वनाउन सके अनवाश्यक प्रचार आवश्यक नरहेको बताउनुभयो ।

राज्यले राहत वितरणका लागि रकम विनियोजन गरेको र जनताको कर जनताका लागि वितरण गर्दा अनावश्यक प्रचार सुहाउदो नहुने उहाँले बताउनुभयो । यो समय सवै मिलेर जसले जति सकिन्छ त्यतिनै सहयोग गर्न आग्रह गर्दै राहत वितरणमा भीड नगर्न र विश्व स्वास्थ्य संगठनले दिएको दुरी मापदण्डको ख्याल राख्न आग्रह गर्नुभयो । साथै नगरप्रमुख पौडेलले लकडाउनमा थप कडाई भएकाले आपतकालिन अवस्थामा वाहेक वाहिर ननिस्कन नगरवासीलाई आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply