गैडाकोटमा लकडाउनका समय अवैध ४६ रुख काटिएको आरोप

0

२३ चैत्र । लकडाउनको समय गैडाकोटमा अवैध ४६ वटा रुख काटिएको बताइएको छ । भेडावारी सामुदायिक वन गैडाकोट ११, १२ का अध्यक्ष गुरुप्रसाद पौडेलका अनुसार हिजो मात्रै गैंडाकोट नगरपालिका वार्ड न ११ मा पर्ने भेडाबारी सामुदायिक बन र गैंडाकोट १८ मा पर्ने बराह देवि राष्ट्रिय बन क्षेत्रमा अवस्थित सडक को दायाँ बायामा रुखहरु काटिएको अवस्थामा भेटिएको हो ।

रुख कटान भएको थाहा पाउनासाथ वनका अध्यक्ष गुरुप्रसाद पौडेल सहित डिभिजन बन कार्यलयका प्रमुख र सहायक बन अधिकृत,सब डिभिजन बन कार्यलयका प्रमुख रेन्जर र दुबै वार्डका अध्यक्षले स्थलगत निरीक्षण गर्नुभएको छ ।

कोरोना भाईरस को महामारी फैलिरहेकोे अबस्था र सरकारले लकडाउन गरेको फाइदा उठाउदै अनियमित रुख फडानि गरेको भन्दै दोषी हरुलाई छानविन गरि पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । भेडावारी सामुदायिक वनको २६ र वराह देवीको २० वटा रुख काटिएको अवस्थामा भेटिएको थियो ।

Share.

Leave A Reply