गैडाकोट ७ द्धारा घरघरमा सामाजिक सुरक्षाभत्ता वितरण

0

डोलराज रानाभाट,गैडाकोट,२३ चैत्र । कोरोना भाइरस कोभिड १९ को संक्रमण हुने आशंकामा भीड हुन नदिने र जनतालाई समस्यामा पनि रहन नदिन गैडाकोट ७ ले घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको वडासदस्य इश्वरी चापागाईले जानकारी दिनुभयो ।

वडामा रहेको अद्यावधिक तथ्याङ्क अनुसार अपाङ्गता भएका व्यक्तिहरु, वृद्धभत्ता, दलित भत्ता, एकल महिला लगायत सवै प्रकारका भत्ता वितरण गरेको चापागाईले बताउनुभयो ।

वडामा रहेका ५ वटा टोलविकास संस्थाका अध्यक्ष पदाधिकारी मार्फत १८६ जनालाई १७ लाख १० हजार सामाजिक सुरक्षा भत्ता वापत वितरण गरिएको हो । सरकारले लकडाउन गर्दै कोरोना भाइरसबाट वच्न गरेको आह्वानको वारेमा पनि जनतालाई जानकारी गराउँदै कुनै समस्या परे वडामा खवर गर्न आग्रह गरेको वडाअध्यक्ष चोलानाथ उपाध्यायले बताउनुभयो । वडामा भएका जनताको समस्या समाधानका लागि आफू सहित वडासदस्यहरु सक्रिय रहेको भन्दै सचेत रहन सवैमा आग्रह गर्नुभयो ।

Share.

Leave A Reply