नेपाल संक्रमणको दोस्रो चरणमा, तेस्रो चरण महामारी हो, अब सचेत बन्नेकी

0


गैँडाकोट, २२ चैत । कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोभिड १९ संक्रमितको संख्या नौ पुगेको छ । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षका युवा, उत्तरखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षका युवा र यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीका ३४ वर्षकी महिलामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । चिकित्सकहरुले नेपाल अब कोरोना संक्रमणको दोस्रो स्टेजमा प्रवेश गरेको जनाएका छन् । कैलालीमा विदेशबाट आएका युवकबाट आफन्तमा संक्रमण फैलिएसंगै संक्रमण स्थानीयमा सरेको प्रष्ट भएको छ । यसलाई लोकल स्ट्रान्समिसन भनिन्छ, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको मानिन्छ । तेस्रो कम्युनिटी ट्रान्समिसन हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्ने चिकित्सकहरुको भनाइ छ ।

Share.

Leave A Reply