कोरोनाका नयाँ तीन जना संक्रमित फेला

0

काठमाडौँ ।  कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोभिड १९ संक्रमितको संख्या नौ पुगेको छ ।

भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्ष युवा, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षका युवा र यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीका ३४ वर्षका महिलामा संक्रमण भेटिएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply