सफा सुन्दर हरियालीद्धारा गैँडाकोट १ र २ मा राहत समाग्री हस्तान्तरण

0


अजय पौडेल
गैँडाकोट, २२ चैत । सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियानले गरेको राहत संकलन गैँडाकोट २ वडा कार्यालयमा हस्तान्तरण गरिएको छ ।
नगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्ने गैँडाकोट नगरको घोषणा अनुसार आज २० घरपरिवारका लागि राहत वितरण वडा अध्यक्षलाई हस्तान्तरण गरिएको हो ।
२० घरपरिबारलाई १० केजी चामल, १ केजी दाल, १ पोका तेल) का दरले वितरण गर्नका लागि वार्ड अध्यक्ष ध्रुवराम पौडेललाई हस्तान्तरण गरेको सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियानका अभियन्ता दिपक सापकोटाले जानकारी दिनुभयो ।


यस अघि हिजो मात्रै गैँडाकोट नगरपालिका वाड नं. १ को कार्यालयमा समेत हस्तान्तरण गरिएको छ । गैँडाकोट १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटालाई प्रदान गरिएको थियो ।
गैँडाकोट १ मा आज सर्वदलिय बैठक बसी राहत वितरणबारे छलफल भएको छ ।

Share.

Leave A Reply