रोटरीद्धारा इच्छाकामनामा बिपन्नलाई सहयोग

0

गैँडाकोट, २० चैत । रोटरी क्लब अफ नारायणगढले ईच्छाकामना गाउँपालिकामा रहेका विपन्न र दैनीक ज्यालादारी गर्दै गुजारा गर्ने परिवारलाई खाद्यान्न सहयोग गरेको छ । ईच्छाकामना गाउँपालिका भित्र रहेका बिपन्न र दैनिक ज्यालादारी गर्दै गुजारा चलाउने १ सय परिवारका लागि १५ दिनको लागि पुग्ने खाद्यान्न सहयोग गरेको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष सुसनलाल प्रधानले जानकारी दिनुभयो । कोरोना भाईरसको विश्वव्यापी महामारीको प्रकोपबाट बच्नका लागि विश्वका धेरै देशले लकडाउन र घरबाहिर नागरिकलाई नजान आग्रह गरिरहेका छन । हाम्रो देशमा बिगत ११ दिनदेखी भईरहेको लकडाउले बिपन्न र दैनीक ज्यालादारी गरेर गुजारा गरिरहेका परिवारलाई परेको अप्ठारोमा रोटरीले गरेको सहयोग प्रति गाउपालिकाका अध्यक्ष गिताकुकमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभयो ।
रोटरी क्लब र ईच्छाकामना गाउपालिका बिच समन्वयात्मक भुमिका खेल्नुभएका समाजसेवी टंकनाथ पौडेलले रोटरी क्लबले सामाजिक मानविय कार्य गर्ने गरेको र यो समयमा ईच्छाकामना गाउँपालिका संगको सहकार्यमा गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
कर्यक्रममा जनप्रतिनिधिहरु, रोटरी क्लबका निर्बतमान अध्यक्ष रमेश पौडेल, रोटरी क्लबका पूर्बअध्यक्ष अरुण पिया, चुननारायण श्रेष्ठ , रमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply