चितवनमा प्रहरीलाई स्वास्थ्य सामाग्री

0


माया कंडेल
चितवन, २० चैत । कोरोना भाईरस नियन्त्रण कार्यदल चितवनले आज जिल्ला प्रहरी कार्यालय चितवनलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाईरस नियन्त्रण कार्यदल चितवनले १० थान पिपिई, १० थान एन नाईन्टिफाईभ मास्क सहयोग गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपि एकनारायण कोईरालाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका प्रमुख, कोरोना भाईरस कार्यदल चितवनकी संयोजक रेनु दाहालले स्वास्थ्य सामग्री जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङलाई हस्तान्रण गर्नुभएको हो । एसपि गुरुङले सो स्वास्थ्य सामग्री बिरामीको उद्धारको क्रममा अग्रभागमा खटिने प्रहरीले डिउटीको समयमा प्रयोग गर्ने बताउनुभयो । साथै स्वास्थ्य सामग्री हस्तान्तरण गरेको धन्यबाद ज्ञापन गर्नुभएको छ ।

Share.

Leave A Reply