डुँगा पल्टिदा वेपत्ता वुलिङ्टार ३ की दरैको शव फेला

0

मनप्रसाद भाट , २१ चैत्र । गत चैत्र १९ गते वुधवार साँझ ४ बजेतिर डुँगा पल्टिदा वेपत्ता भएकी बुलिङ्टार ३ नवलपुरकी ११ वर्षीय ईशारा दरैको शव आज फेला परेको छ । डुँगा पल्टिएको करिव ३ किलोमिटर तल अर्थात् बुलिङटार २ भाङवारी मा रहेको जलदेवी थानदेखि करिव ५० मिटर तल नदिमा तैरिएको अवस्थामा शव भेटिएको हो । खोजीमा सक्रिय स्थानीयले शव भेटाउन सकेका हुन् । पानीमा वगाइरहदा देखेपछि नदी तीरमा राखिएको छ । अहिले वडानम्वर २ का वडाअध्यक्ष, वडानम्वर ३ का वडाअध्यक्ष, प्रहरी चौकी वुलिगटारका प्रमुख, स्थानीय र आफन्त सहित शवको मुचुल्का उठाउने तयारी भइरहेको छ । शव आजै पोष्टमार्टमा लागि लैजाने बताइएको छ । डेढगाउँबाट प्रहरी पुगेपछि मुचुल्का गरेर बुलिङटार मै शवको पोष्टमार्टम गरिने भएको छ । फरार रहेका डुँगा चालक विरुद्ध हालसम्म लिखित उजुरी भने नपरेको र शवको पोष्टमार्टमपछि लिखीत उजुरी दिने परिवारजनले बताएका छन् घास काटेर हसिया छोडिएपछि पारी लिन गएर फर्कदै गर्दा डुँगा चालक ऋषिङ ४ सिरकोटाका २० वर्षीय मनोज महोरपा मगरले नदीको वीचमा छोडेपछि डुँगा छालमा गएर पल्टिएको थियो । उनी सहित डुँगामा सवार अन्य ३ जनाको भने माछा मार्न गएकाहरुले उद्धार गर्न सफल भएका थिए । डुँगा चालक अझै पनि फरार रहेका छन् ।

Share.

Leave A Reply