केन्द्र सरकारले नगरेपनि म चाहिँ लकडाउन लम्व्याउने पक्षमा छु ः मुख्यमन्त्री गुरुङ

0

डोलराज रानाभाट, २१ चैत्र । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले लकडाउन लम्व्याउनुको विकल्प नभएको बताउनुभएको छ । विजय एफएमको कार्यक्रम विजय विशेषमा कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले चैत्र २५ बाट पनि लकडाउन लम्व्याउनुपर्ने बताउनुभएको हो । कोरोना भाइरस कोभिड १९ का विरामी झन् वढ्दै जानेक्रम रहेको र छिमेकी सहित विश्वभर संक्रमति र मृत्यु हुनेको सख्या वढिरहदा लकडाउन नगरे झन् स्थिती भयावह हुने भन्दै केन्द्र सरकारले नगरेपनि आफू लकडाउन लम्व्याउने पक्षमा रहेको बताउनुभएको हो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, “केन्द्र सरकारले नगरेपनि म त लकडाउन लम्व्याउने छु । युरोप अमेरिकामा झन् फैलिरहेको छ । विश्वभर फैलिएको यो भाइरसविरुद्ध लड्नका लागि हाम्रो मात्रै देश हेरेर भएन । विश्व सहित छिमेकी भारतलाई पनि हेर्नुपर्छ । त्यहाँपनि विरामी वढिरहेका छन् । अन्तराष्ट्रिय हवाई उडान त दुई तीन हप्तै खोल्न हुन्न भन्छु मैले । थप एक हप्ता लकडाउन गर्नुपर्छ ताकी वाहिरवाट आएका हरुको पनि १५ देखि २० दिन पुग्छ अनि अलि ढुक्क हुने स्थिती वन्छ । ” मुख्यमन्त्री गुरुङले प्रदेशमा कोरोना संक्रमितको संख्या वढ्न नदिन स्थानीय तह देखि कर्मचारी सवैलाई निर्देशन दिएको बताउँदै अभावहरु खासै नरहेको बताउनुभयो । चैत्र १८ गतेदेखि पोखरामा नै कोरोना भाइरस परीक्षण गर्न सक्ने प्रयोगशाला स्थापना गरिएको र स्वास्थ्य मन्त्रालयबाटै आउनुभएका दुई जना प्रयोगशाला विज्ञले पीसीआर मेशीन जडान सहित संचालन गर्नुभएको बताउँदै विश्वसनीय रहेको भन्दै जनतालाई ढुक्क रहन आग्रह गर्नुभयो । मुख्यमन्त्री गुरुङले अहिले आएको भन्दा राम्रो मेशीन पहिल्यै रहेको भन्दै त्यसलाई समेत अहिले संचालमा ल्याएको बताएँदै दैनिक ३० देखि ४० जनाको परीक्षण गर्नसक्ने क्षमता रहेको बताउनुभयो । साथै उहाँले किसानहरुलाई दुध फाल्ने जस्तो पाप काम नगर्न भन्दै केन्द्र सरकारदेखि किसानको हितमा नीति निर्देशन वन्ने क्रममा रहेको र प्रदेश सरकारपनि त्यसमा गम्भीर वनेको भन्दै अहिले दुध नफाल्न किसानहरुलाई आग्रह गर्नुभयो । केही दिनमा नै निश्चित निर्णयहरु ह्ुने उहाँको भनाई छ । लकडाउनबाट विपन्न र दैनिक ज्यालामजदुरी गर्नेहरु मर्कामा रहेको भन्दै मुख्यमन्त्री गुरुङले प्रत्येक गाउँपालिकालाई ५ लाख, नगरपालिकालाई १० लाख र महानगरपालिकालाई १ करोड रकम निकासा गरी पठाइसकिएको र भूकम्पमा जस्तो जो वोल्न सक्छ उसैलाई होइन की जो साँच्चै पीडामा छ त्यसलाई राहत मिल्ने गरी वितरण गर्न आफूले विभिन्न पक्षलाई निर्देशन दिइसकेको बताउनुभयो ।

Share.

Leave A Reply