गैंडाकोटका २ व्यक्ति भरतपुर क्वारेन्टाईनमा

0


चैत्र २०, गैंडाकोट । गैंडाकोटका २ व्यक्तिलाई उच्च ज्वरो आएपछि भरतपुर अस्पताल पठाईएको छ ।

एकै घरका दुईजनामा उच्च ज्वरो आएपछि कोरोना विशेष अस्थायी अस्पताल भरतपुर पठाईएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो ।

गैंडाकोट ५ कुसुमनगर निवासी घरधनी र उनकोमा बस्दै आएका अर्का एक व्यक्तिलाई उच्च ज्वरो देखिएपछि भरतपुर क्वारेन्टाईनमा राखिएको हो ।

एक जना गैंडाकोट निवासी हुन् भने अर्का एकजना गोरखा निवासी हुन् । गोरखा निवासी व्यक्ति केहीदिन अघिमात्रै भारतबाट फर्किएको जनाईएको छ । उनिहरुको कोरोना परिक्षणको तयारी भईरहेको जनाईएको छ ।

Share.

Leave A Reply