घर जान खोज्दै कालिगण्डकी करिडोरका मजदुर, घर पठाउन सकिन्न : प्रमुख जिल्ला अधिकारी

0

प्रेम क्षेत्री
चैत्र २०, गैंडाकोट । कालिगण्डकी करिडोर निर्माणमा खटिएका मजदुर अलपत्र परेको बताएका छन् । गैंडाकोटदेखी पाल्पा जोड्नेगरि निर्माण भईरहेको कालिगण्डकी करिडोर निर्माणमा खटिएका केही मजदुरलाई आ आफ्नो घरतर्फ पठाईए पनि अन्य मजदुर अलपत्र परेको बताएका हुन् । उनिहरुले आफुहरुलाई सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाईदिन आग्रह गर्दै गैंडाकोट ३ मा रहेको वडा कार्यालय सम्म पुगेका छन् । यसरि अलपत्र परेका गैंडाकोट ३ को महेशोत खोला किनार लगायत विभिन्न स्थानमा बसेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने उनिहरुलाई तत्काल घर पठाउन सक्ने अवस्था नरेहेको बताउनुभएको छ । २५ गतेसम्म उनिहरुलाई घर पठाउन नसकिने उहाँको भनाई थियो । उनिहरुलाई हाललाई सोही स्थानमा खानपानको प्रवन्ध सहित बासको व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

तस्विर : ईन्द्रज्योती पोखरेल

Share.

Leave A Reply