डुंगा वीचमा पुर्याएर ‘बगाइदिम’ भनेका थिए चालकले, वेपत्ता दरैको खोजी कार्य जारी

0

डोलराज रानाभाट, २० चैत्र । देशभर लकडाउन हुँदा फेसबुक र युटुवमा व्यस्त शहर गाउँ घरमा भने घाँस दाउरामै स्थानीयको समय वित्छ । बुलिङ्टार ३ की ११ वर्षीय ईसारा दरै पनि हिजो वुधवार घाँस काट्न जंगल जानुभयो । उहाँ सहित ४ जना साथीहरुसँगै घरमा भएका गाईवस्तुलाई घाँस काट्न र पाए केही माछा पनि मार्न भनी गाउँ नजिकैको कालिगण्डकी नदीमा जानुभयो ।

गाउँबाट तल कालिगण्डकी नदी छ । जसले तनहुँको सिरकोट स्थित हाडिवन र नवलपुरको बुलिगटार ३ लाई जोड्ने काम गर्छ । बुलिङटार ३ र तनहुँ स्थित सिरकोटको हाडिवन आउन जान कालिगण्डकी नदीमा डुँगा तर्नुपर्छ । नदी तरेर घाँस काट्न तनहुँतर्फ गएका उनीहरु घाँस काटेर सकिएपछि घर आउन पारीबाट डुँगा तरेर राम्रैसँग वारी आए । ईसारा सहित १२ वर्षीय पुर्णिमा दरै, १३ वर्षीय नम्रता दरै, ११ वर्षीय सिमा दरै थिए । नम्रता र वेपत्ता हुने ईसारा दिदीवहिनी हुन् ।

झोलुङ्गे पुल वन्दै छ तर उक्त माछा मार्न प्रयोग गरिने  डुँगा बाट पनि मानिसहरु आवतजावत गर्ने गर्दछन् । अहिलेको पानीको वहाव पनि कम रहेका छ । पौडिएर नदी नै तर्न सीपालु डुँगा चालक ऋषिङ ४ सिरकोट

का मनोज महरोप मगर सोहि दिन पटक पटक लाने ल्याउने राम्रैसँग गरिरहे । तर घाँस वारी छाडेपछि उनीहरुले हँसिया विर्सिए । उनीहरु सहित अरु पनि पारी थिए जसले माछा मारिरहेका थिए । हँसीया छोडेपछि पनि तिमीहरु त्यतै वस हामी ल्याइदिन्छौँ भनी आफन्तले भनेपनि डुँगा चालकले हिँड म फेरि लैदिन्छु भने । पटक पटक राम्रै सँग ल्याउने लैजाने गरेका मगरले हँसिया ल्याई वारी छोड्ने वेला खेलाची गर्न सुरु गरे ।

प्रत्यक्षदर्शीका अनुसार मादक पदार्थ सेवन गरेका उनले डँुगा चलाउदै यही बाट बगाइदिम, फाल्दिम भन्दै उनीहरुसँग जिस्कीन सुरु गरे । उद्धारबाट बाच्न सफल भएकाको भनाई लाई उदृत गर्दै स्थानीय टेकनाथ दराईले भन्नुभयो, “नदीको वीचमा पुगेर पौडिन थालेछ । वालवालिका डराए । त्यसो नगर्न उनीहरुले भनिरहे तर मानेनछ । डुँगा नै छोडेर कहिले पौडिने कहिले तार्ने गर्दा नदीको पानी जोडले वग्ने ठाउँमा आएपछि डुँगा धान्न नसकेर छोडिदिएछ । उ तरेर तनहुँतिर पुगेछ । यता भेलमा पुगेर डुँगा पल्टिएछ ।” नदीमै माछा मार्दै गरेका बुलिङ्टारकै दुई व्यक्तिको सहयोगमा डुवेका ३ जनाको उद्धार गर्न भ्याए तर एक जना भने फेला परिनन् । उनी तीनै इसारा हुन् । केही गर्दैनौँ उद्धार पछि कुरा गरौँला भन्दा पनि दौडेर भागेपछि मगर विरुद्ध जोहरी दर्ता गराउने तयारी परिवारजनले गरेका छन् । अर्काको ज्यान मार्ने धम्की दिँदै नदीको वीचमा लगेर डँुगा छोड्ने विरुद्ध कडा कारवाहीको माग सहित क्षतिपूर्ति पाउनुपर्ने परिवारको माग रहेको स्थानीय दरैले जानकारी दिनुभयो ।

अहिले परिवार पीडामा छन् भने हिजो देखिनै खोजी कार्य जारी राख्दा पनि ईसारा फेला परेकी छैनन् । यता बुलिङटार प्रहरीले डुँगा चालक तनहुँको भएका कारण तनहुँमा रहेको प्रहरीसँग सहकार्य गरेर मगरलाई पक्रन लागिपरेको छ । यता जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी दिपक रेग्मीले मगर अहिले समम पक्राउ नपरेको बताउनुभयो ।

अहिले बच्चाको खोजी कार्य जारी राख्नुका साथै चालकलाई पक्राउ गर्नका लागि प्रकृया सुरु भइसकेको र त्यसपछि थप बताउने उहाँको भनाई छ । स्थानीय टेकनाथ दराई भन्नुहुन्छ,“धन्न माछा मार्न गएका हाम्रा गाउँकै दुइ जना रहेछन् र तीन जना वाँचे । नत्र सवै वेपत्ता हुने । यस्तो लापर्वाही पनि । त्यसैले कडा कारवाही हुनैपर्छ ।”

Share.

Leave A Reply