बुलिङ्टार ३ स्थिती कालिगण्डकी नदीमा डुँगा पल्टियो, १ जना वेपत्ता

0

डोलराज रानाभाट,२० चैत्र । नवलपुरको पहाडी गाउँपालिका बुलिङटार ३ स्थित कालिगण्डकी नदीमा डुँगा पल्टिदा १ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा बुलिङटार ३ बस्ने ११ वर्षीय ईशारा दरै रहनुभएको छ । डुँगामा सवार बुलिङटार गाउँपालिका ३ बस्ने १२ वर्षीय पुर्णिमा दरै,सोही ठाउँकी १३ वर्षीय नम्रता दरै र ११ वर्षीय सिमा दरैको भने सशुसल उद्दार भएको छ । हिजो दिउसो ४ बजेको समयमा तनहुँ जिल्ला रिसिङ गाउँपालिका ४ बाट काठको डुङ्गाामा नदी पार गरि आउँदै गर्दा अचानक पल्टिन गएको हो । डुँगा चालक जिल्ला तनहुँ ऋषिङ गाउँपालिका ४ बस्ने बर्ष २० का मनोज महोरपा मगर फरार रहेको र घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply