बुलिङटारमा २ हजार २ सय ७० जनालाई दादुरा रुवेला खोप लगाइने

0

मनप्रसाद भाट, ३ चैत्र । नवलपुरको बुलिङ्टार गाउँपालिकाले आज दादुरा रुवेला खोप अभियानको जानकारी दिन गोष्ठी सम्पन्न गरेको छ । चैत्र १६ गतेदेखि २४ सम्म संचालन हुने उक्त अभियानमा गाउँपालिकामा रहेका २ हजार २ सय ७० जना वालवालिकालाई खोप लगाईने भएको छ । गाउँ पालिकाका अध्यक्ष शशि किरण बस्ताकोटीको आतिथ्यतामा सप्पन्न भएको कार्यक्रममा ९ महिना देखि ५ वर्ष मुनिका वालवालिकालाई उक्त खोप लगाइने र तयारी तिव्र पारिएको स्वस्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले बताउनुभयो । उक्त गोष्ठी कार्य कार्यपालिका सदस्य ,स्वस्थ्यकर्मी र पत्रकारको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply