चुनाव चिन्ह हलो नहुँदा लोहनी असन्तुष्ट, छाडे राप्रपा

0

काठमाडौं, फागुन २९ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले आइतबारबाट राप्रपा परित्याग गर्नुभएको छ । डा. लोहनीले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आइतबारबाटै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै लोहनीले पछिल्लो समय पार्टी नेतृत्व एकलौटी ढंगले चलेको, विधान नमानेको, निर्देशक समिति समेत गठन नगरेको आरोप लगाउनुभएको छ ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजको मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको जानकारी पत्रकार सम्मेलनमार्फत गराउनुभएको छ । आफूले २५ वर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताउनुभएको छ । एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीको छ ।

Share.

Leave A Reply