एमालेको मेचिमहाकाली अभियानअन्तर्गत आज नवलपरासीको भुमहीमा भेला ।

0

नवलपरासी, फागुन २९ ।

नेकपा एमालेको मेचिमहाकाली अभियान यतिबेला नवलपरासीमा छ । शनिबार कावासोतीमा विशाल आम सभा गरेर अभियान आज देखि प्रदेश नं. ५ मा प्रवेश गर्दैछ । प्रदेश नं. ५ को पहिलो कार्यक्रम परासी क्षेत्रको भुमहीमा आज आयोजना हुदैँछ । ५ नम्बर प्रदेशमा एमालेका शिर्ष नेताहरुको स्वागतमा भुमहीमा नेकपा एमालेले दश हजार नागरिक उत्तार्ने तयारी गरेको प्रचार संयोजक धिरज शर्माले बताउनुभयो । भुमहीमा हुने आमसभाको सवै तयारी पुरा भएको मन्च व्यवस्थापन उपसमितिकी संयोजक सरस्वती सुवेदीले बताउनुभयो । बर्दघाट देखि सुनवल सम्म पुर्वपश्चिम राजर्मागका विजुली पोलहरुमा झन्डाहरु टाँगीएको छ ।

विभिन्न स्थानमा स्वागत द्धारहरु निर्माण पनि गरिएको एमाले जिल्ला संगठन कमिटिका सहसंयोजक थानप्रसाद गैरेले बताउनुभयो । मेचिमहाकाली अभियानलाई प्रदेश नं. ५ को पहिलो कार्यक्रम तथा प्रदेश नं. ५ मा स्वागत गर्ने अवसर समेत परासी क्षेत्रलाई मिलेकोले पनि कार्यक्रमको अव ओली सहितका नेताहरुलाई स्वागत गर्न आतुर रहेको नेता कार्यकर्ताले बताएका छन । भुमहीमा एमाले अध्यक्ष केपि ओली सहितका नेताहरुले विहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम छ भने आजै भैरहवामा पनि आमसभाको तयारी छ ।

Share.

Leave A Reply