भ्रमण वर्षको उद्घाटन भोलि: नवलपुरमा सुनसान, चितवनको तयारी भव्य (सुनसान किन त ? सुन्नुहोस् कुराकानी)

0

डोलराज रानाभाट, १५ पुस । केन्द्र सरकारको महत्वपूर्ण कार्यक्रम भिजिट नेपाल २०२० अर्थात् नेपाल भ्रमण वर्ष सन् २०२० भोलिबाट सुरु हुँदैछ । भ्रमणवर्षको घोषणाका लागि राजधानी काठमाण्डौ देखि प्रदेश र जिल्लामा तयारी तिव्र पारिएको छ । तर नेपालकै मध्य भागवमा अवस्थित नवलपुरमा भने कुनै कार्यक्रम नहुने भएको छ । मध्य भागमा अवस्थित जिल्लामा प्रवेश नाका गैडाकोट देखिनै पर्यटक भित्राउन सकिने धार्मिक पर्यटकीयक्ष क्षेत्र रहेका छन् । तर न त औपचारिक कार्यक्रम नै हुने भएको छ न जिल्लामा भ्रमण वर्षवारे स्वागतद्धार देखि व्यानर हरु राखिएका छन् । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले आफूहरुलाई प्रदेश सरकारले पोखरामा वोलाएको र उतै जानुपर्ने भएका कारण जिल्लामा कार्यक्रम नभएको बताउनुभएको छ ।

तर गण्डकी प्रदेशमा भने भव्य तयारी गरिएको छ । भोलि कार्यक्रम उद्घाटन हुने र प्रदेशका ११ जिल्लाकै स्थानीय तहदेखिनै सहभागीताका लागि प्रदेशको राजधानी पोखरामै बोलाइएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिुनभयो ।  अहिले जिल्लामा कार्यक्रम नभएपनि भोलि प्रदेशमा सकिएपश्चात क्रमश कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । संख्यात्मक भन्दा पनि खर्च गर्न सक्ने पर्यटक अहिलेको आवश्यकता भएको बताउँदै तयारी भव्य रहेको बताउनुभयो ।

नवलपुरमा जिल्लाको तहबाट कुनैपनि कार्यक्रम नहुने भएपनि उता चितवनमा भने भव्य रुपमा भ्रमणवर्ष सन् २०२० लाई स्वागत गरिने भएको छ । प्रसस्त पर्यटकीय स्थानहरु रहेको चितवनमा कसरी स्वागत गरिने जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले जानकारी दिनुभयो ।

काठमाण्डौको दशरथ रंगशालाबाट कार्यक्रमको उद्घोष गर्नेगरी तयारी तिव्र पारिएको छ । २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएको कार्यक्रमको तयारी पुरा भएका नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले जानकारी दिनुभयो । काठमाडौँको दशरथ रङ्गशालासहित मुलुकका सातै प्रदेशमा एकैसाथ उद्घाटन हुने भ्रमण वर्षको पहिलो दिन (जनवर १ तारिख) का लागि विदेशी विशिष्ट पाहुना आउने क्रम शुरु भइसकेको छ । भ्रमण वर्षले झपक्कै छोपेपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको खेल रङ्शालाबाट स्थान सारेर सतदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा लगिएको छ ।

Share.

Leave A Reply