पोखराको शान बढाउन ममतालाई जिताऔँ – गुरुकुल प्रशिक्षण केन्द्र

0

पोखरा । गुरुकुल संगीत प्रशिक्षण केन्द्रकी छात्रा ममता गुरुङ ‘सुरशाला आइडल जुनियर’ को फाइनलमा प्रवेश गरेकी छन् । चैतको पहिलो साता काठमाडौँमा हुने फाइनलमा ममता संगै अन्य पाँच जना प्रतिष्पर्धी रहेका छन् । संगीतलाई जीवनको उद्देश्य मान्ने ममतामा सफल गायक बन्ने सम्भावना धेरै रहेको गुरुकुल संगीत प्रशिक्षण केन्द्रका प्राध्यापक तथा संगीतमा एमम्यूज गरेका तीर्थराज पोखरेलले बताउनुभयो । ममताको जीतले संगीत क्षेत्रको सम्मान हुने पोखरेलको बुझाइ छ । ममताले गुरुकुल संगीत प्रशिक्षण केन्द्रमा ६ महिना देखि शास्त्रीय संगीतको ज्ञान लिइरहेकी छन् ।
सुरशाला फाउन्डेसन र सुरशाला म्युजिक एकेडेमीको संयुक्त आयोजनामा नेपालकै पहिलो राष्ट्रिय बाल गायन प्रतियोगितामा ममताको जीतका लागि गुरुकुलले सबैमा आग्रह समेत गरेको छ ।
धुम्पुस घर भई अहिले अर्चलबोट क्षेत्रमा बस्दै आएकी ममता १४ वर्षकी भइन् । संगीत प्रतिको लगाव र मीठो स्वर, संगीतको ज्ञान ममताका विशेषता भएको गुरुकुलका प्राध्यापक पोखरेलले बताउनुभयो ।
खोजी बाल प्रतिभाको यस कार्यक्रममा सात देखि १६ वर्ष भित्रका प्रतिष्पर्धी सहभागि भएका हुन् । गायनका प्रतिभा भएका १५ सय भन्दा बढीले सुरशालाका लागि अडिसन दिएका थिए । काठमान्डाँै, पोखरा, चितवन र पूर्वान्चलका विभिन्न क्षेत्रमा अडिसन भएको थियो ।
कसरी जिताउने ममतालाई ?
ममतालाई भोट गर्नका लागि यू–ट्युवमा गएर सुरशाला आइडल जुनियर कार्यक्रम अन्तर्गत ममताका गीतका भिडियोहरुमा लाइक गर्न सकिने छ ।

यस्तै उनको प्रस्तुती हेरेर लाइक एवं शेयर गर्न सकिनेछ । फेसबुक पेजमा गएर पनि लाइक गर्न सकिने छ ।

dddddd

Share.

Leave A Reply