सरकारले सुरक्षा दिँदैन भने हामीले पनि बाँच्न जानेका छौँ ओली

0

काठमाडौं, फागुन २६ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नगराउने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा एमालेले आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले चुनाव नगराउन कुनै बहानाबाजी गर्न नपाइने भन्दै चुनाव नगर्ने कुरा एमालेलाई स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले सत्तापक्षबाटै विपक्षीका सभा सम्मेलनमा आक्रमण भैरहेको भन्दै यो आपराधिक गतिविधि भएको पनि आरोप लगाउनुभएको छ ।

सप्तरीमा एमालेको सभा बिथोल्न खोज्ने चार जनाको प्रहरीको गोली लागेर ज्यान गएकोप्रति प्रधानमन्त्री र गृहमन्त्रीले चासो नदिएको ओलीको भनाई छ । एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको आरोप लगाउँदै ओलीले अहिले पनि नेता तथा कार्यकर्तामाथि आक्रमण भैरहे पनि सरकारले सुरक्षाको व्यवस्था नगरेको आरोप लगाउनुभयो । आफ्नो सुरक्षा आफैले गर्नुपर्ने स्थिति आएको हो भने आफूहरुले पनि बाँच्न जानेको ओलीले बताउनुभयो । उहाँले कसैको विरोध गर्न देशव्यापी अभियानमा ननिस्केको पनि स्पष्ट पार्नुभयो ।

Share.

Leave A Reply