कमल थापा उपप्रधानमन्त्री बन्दै, आजै शपथ

0

काठमाडौं, फागुन २६ –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकास मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो । अहिले स्थानीय विकास मन्त्रीमा हितराज पाण्डे हुनुहुन्छ ।
थापासहित राप्रपाका थप एकजनालाई पनि मन्त्री नियुक्त गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार राप्रपाबाट थपिने अर्का मन्त्रीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । राप्रपाले नाम पठाउन बाँकी रहेको सचिवालयले जनाएको छ । बिहीबार बेलुका ६ बजे शपथको तयारी छ ।

Share.

Leave A Reply