सामान्य घरः एक महिनाको बिद्युत महशुल १० लाख आएपछि भरतपुर १३ की मेनुका चिन्तामा

0

डोलराज रानाभाट, भरतपुर, २२ मंसिर । चितवनको भरतपुर १३ गंगानगरकी मेनुका पौडेल यतिवेला चिन्तासँगै आक्रोसमा हुनुहुन्छ । कुखुरा फर्म संचालन गर्दै आउनु भएकी मेनुकालाई घरमा विद्युत्को मिटर रिडिङ गर्दै प्राधिकरणका कर्मचारीले एक महिनामा ८० हजार ३८ युनिट विद्युत खपत भएको र १० लाख ३५ हजार तिर्नुपर्ने बताएपछि उहाँ झसङ्ग हुनुभयो र तत्कालकै कर्मचारीलाई आग्रह गर्दै राम्रोसँग हेर्न भन्नुभयो । तर कर्मचारीले प्रष्टसँग नवुझिने मिटरको अगाडीको अंक ९ नै मानेर विल काट्न थाल्दा पौडेलले कार्यालय गएर गुनासो राख्ने बताउनुभयो ।

४ जना परिवार रहेको पौडेलले एउटा प्रिज, ३ वटा पंखा र १७ सीएफएल वत्ती बाल्दा यति ठूलो रकमको वील आएको भन्दै विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा समस्याको समाधान गरिदिन निवेदन दिनुभएको छ । तर निवेदनलाई कार्यालय प्रमुखले गम्भीर रुपमा नलिएको भन्दै गुनासो गर्नुभयो । कुखुराका चल्ला हालेका समय अधिकतम ५ हजार सम्म विद्युत महसुल तिर्नुभएकी पौडेलले असोज महिनासम्मको विल तिरिसक्नुभएको छ । गर्मी समय रु.५ सय सम्म मात्रै विल तिर्दै आउनु भएकी पौडेलले विगतको खपत अध्ययन गरेर समस्याको समाधान गरिदिन आग्रह गर्नुभयो । आफूले १४ वर्षदेखि विल तिर्दे आएपनि अहिले यति ठूलो रकमको विल आएको भन्दै तत्काल अनुसन्धान गर्न पनि माग गर्नुभयो । पुरानो मिटर रिडिङ गर्ने कर्मचारी हूँदासम्म ठिकै आएको वील नयाँ मिटर रिडर आएपछि उक्त रकमको विल आएको बताउनुभयो । मिटरको सिल सम्म नतोडिएको उहाँले बताउनुभयो ।

यता भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले यति धेरै अंक सहितको घटना आफूले पहिलो पटक देखेको बताउँदै वास्तविकता पत्ता लगाउन अनुसन्धान सुरु गरेको बताउनुभयो ।

कार्यालयबाट प्राविधिकहरुलाई खटाएर मिटर चेक गर्दा ठिक रहेको तर थप रायका लागि हेटौडामा रहेको डिभिजन विद्युत प्राधिकरणमा निवेदन सहित मिटर पनि पठाउने जानकारी दिनुभयो । घरबाट मिटर कार्यालय लगेर जाँच गर्दा मुसाका दिसाहरु मिटरभित्र पाइएको उहाँको भनाई छ । यद्यपी अंकलाई प्रभावित पार्ने गरी त्यस्तो केही नभेटिएको उहाँको दावी थियो । हेटौँडाबाट राय लिएपछि मात्रै थप अध्ययन गरी समस्याको समाधान गर्ने बताउनु भयो ।

मिटरको अंक बढ्ने दुईवटा सम्भावना रहेको भन्दै मुसाले तारमा समस्या बनायो वा स्टक युनिटका कारण त्यसो हुन सक्ने उहाँको भनाई छ । स्टक युनिट भन्नाले हजारको विल उठ्दा कर्मचारीले थोरै युनिटको मात्रै विल काटेको हुन सक्ने पनि उहाँको आशंका छ । त्यसैले पुराना मिटर रिडरलाई बोलाएर सोधपुछ गर्ने बताउँदै त्यसपछि हेटौँडाको राय लिएर विगतको खपत देखि स्थलगत अध्ययन गर्ने उहाँको भनाई छ ।

Share.

Leave A Reply