५ साउन, बनेपा । संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा काभ्रेपलाञ्चोक स्थानीयबासीले सबै जनावर एउटै हुन् भन्ने सुझाव दिएका छन् ।
काशीखण्ड नगरपालिका भकुण्डेमा भएको ‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’माथिको सुझाव सङ्कलनमा अधिकांशले सबै जनावर सबै एउटै हुन् कुनै जनावरप्रति पनि विभेद गर्नुहुँदैन भन्ने सुझाव राखेका छन् ।
उनीहरुले संधिवानमा बुद्ध जन्मेको देश भनेर राख्नुपर्ने सुझाव दिएका छन् ।
पोखरीनारायणस्थान गाविसका खड्गबहादुर लामाले एकसिङ्गे गैंडालाई राष्ट्रिय जनावर बनाउनुपर्ने बताए । मेच्छे गाविसका डिलबहादुर थोकरले राष्ट्रिय जनावरका रूपमा गाईलाई राख्न नहुने बताए ।