५ साउन, काठमाडाैं । टी-२० विश्वकप छनोटमा निकै खराब प्रदर्शन गरेपछि नेपालले स्कटल्याण्डसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सुवास खकुरेल, विनोद भण्डारी र जितेन्द्र मुखियालाई टीमबाट हटाएको छ ।
चोटका कारण सागर पुन पनि टीमबाट बाहिरिएका छन् । टीममा पृथु बास्कोटाले स्थान बनाएका छन् ।
टी-२० विश्वकपका लागि घोषित १५ सदस्यीय टोलीमा महेश क्षेत्री र अविनाश कर्णलाई थपेर स्कटल्याण्डसँग खेल्ने नेपाली टोली बनाइएको थियो । तर, विश्वकप छनोटमा खराब प्रदर्शनपछि ओपनर सुवास र विनोद भण्डारीलाई हटाइएको छ ।
विश्वकप छनोटमा मुख्य ब्याट्सम्यानको भूमिका पाएका विनोदले चार खेलमा १४ रन बनाए ।
एक खेलमा मौका पाएका सुवास खकुरेल मात्र २ रनमा आउट भएका थिए । विश्वकपको तयारीका क्रममा नेदरल्याण्डसँग भएको टी-२० मा पनि सुवास चलेका थिएनन् ।
बलर जितेन्द्र मुखिया टी-२० का लागि भएकाले उनलाई पनि स्कटल्याण्ड भ्रमणमा राखिएको छैन