विकास नभए परिवर्तनकारी शक्तिलाई अप्ठेरो पर्ने पूर्व राजा ज्ञानेन्द्रको भनाई

0


कार्तिक १२ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरु नै अप्ठ्यारोमा पर्न सक्ने बताएका छन् । कुनै पनि परिवर्तनपछि प्रगति र विकास महत्वपूर्ण हुने भन्दै उनले सर्वसाधारणले सजिलोसँग त्यो अनुभव गर्न नपाए परिवर्तनकर्ताहरु आफैं अप्ठ्यारोमा पर्ने बताएका हुन् । मंगलबार बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजा शाहले परिवर्तनकर्ताहरुले प्रगति र विकासको कुरालाई मनन गरेनन् र बुझेनन् भने परिवर्तनको कुनै अर्थ नहुने बताए ।भाइटीकाको दिन कसैको कुरा काटने वा खुट्टा तान्ने दिन नभएको उल्लेख गर्दै उनले धन हुनेलाई मन र मन हुनेलाई नेपालीपन पाओस् भनि शुभकामना पनि व्यक्त गरेका छन् ।

photo credit by onlinekhabr

 

Share.

Leave A Reply