गण्डकी प्रदेशको विकासमा सत्तापक्ष प्रतिपक्ष छैनः मन्त्री गुरुङ । गैडाकोट ३ मा सार्वजनिक सभाहलको सिलान्यास

0

डोलराज रानाभाट, गैडाकोट, २५ असोज ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभएको बताउनुभएको छ । प्रदेशको समृद्धि,विकास,निर्माण र जनतालाई सेवा दिने कुरामा पक्ष प्रतिपक्ष खोजे नपाईने उहाँको भनाई थियो । विभिन्न राजनीतिक विचारधाराबाट प्रदेशमा प्रतिनिधित्व भएपनि समग्र प्रदेशको योजना निर्माण सहित विकासको क्षेत्रमा वृहत छलफल गरेर सवै एकै स्वरले अघि बढेको बताउनुभयो ।

गण्डकी प्रदेशका जनताको प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पुग्छ 

 

प्रदेश सरकारले अहिले ५ वर्षिय आवधिक योजना निर्माण गरेको र जसले प्रदेशका जनताको प्रतिव्यक्ति आय २ हजार देखि २५ सय अमेरिकी डलर पुग्ने दावी गर्नुभयो । सरकाले कृषि देखि सडक अनि पर्यटनमा जोड दिँदै आएको र उत्पादनको वृद्धिले जनताको स्तर माथि उठ्ने बताउनुभयो ।

गैडाकोट नगरपालिका वडा नम्बर ३ मा तीन सय जना बस्न मिल्ने सार्बजनिक सभा हलको शुक्रबार शिलान्यास गर्दै प्रमुख अतिथि समेत रहनुभएका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशका सवै जनताको घरमा विद्युत पुर्याउने र घरघरमा खानेपानीको धारा लग्ने योजना सहित प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

साथै कान्छो जिल्ला नवलपुरको विकासका लागि सरकार प्रतिवद्ध रहेको र योजना देखि बजेट विनियोजनमा आफूहरु सजग रहेको बताउँदै नयाँ कान्छो जिल्लाको विकासका लागि सधैँ तयार रहेको बताउनुभयो । सुगम नगरको दुर्गम वडा लाई बिशेष प्रथामिकतामा राखेर विधुतीकरणको काम सकाएको र अब छिटै कोटा संग जोडने गरि कालीगण्डकी नदिमा पक्की पुल निर्माण गर्न अध्ययन थालिएको उहाँको भनाई छ ।

साथै उहाँले संघीय सरकारले अघि बढाउन खोजेको कालिगण्डकी डाइभर्सन जसरी पनि रोक्नुपर्नेमा उहाँको जोड छ । मन्त्री गुरुङले कालिगण्डकी डाइभर्सन जसरी पनि रोक्नुपर्ने र यहाँको धार्मिक पुरातात्विक महत्वलाई जोगाउन पनि सवै सचेत भई एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिशिस्ट अथिती समेत रहनु भएका गण्डकी प्रदेश सभासद कृष्ण चन्द्र नेपालीले गण्डकी प्रदेशले नवलपुरका लागि विनियोजन बजेट प्रती सन्तुष्टी जनाउदै सिँहदरवारले नचिनेको वडानम्वर ३ लाई प्रदेश सरकारले चिनेको बताउनुभयो । प्रतिपक्षी भएपनि प्रदेशको बिकासका लागि अवरोध नगरेको उहाँको भनाई थियो । मन्त्री स्वयम यो ठाउँमा आउदा खुसी लागेको बताउदै आगामी दिनहरुमा योजना लैजादा सहर्ष स्वीकार गर्न पनि उहाँको आग्रह छ ।

प्रदेश सरकारवीच पनि प्रतिस्पर्धा रहेको र कुन प्रदेशले कत्तिको प्रगति गरेको छ भन्ने सवैले हेरेकाले प्रदेश सरकारले विशेष जोड दिँदै विकासतर्फ लाग्नुको विकल्प नभएको उहाँको भनाई थियो । आफू सभासद भइसकेपछि प्रदेश सरकारले मुकुन्दपुर आहाले रतनपुर हुँदै बुलिङसम्मको २९ किलोमिटर सडक बहूवर्षियमा गएको, अर्को १६ नम्वर वाह्रकोल छरछरे हुँदै बुलिङ सम्मको २९ किलोमिटर सकड पिच भएरै जाने र एउटा प्रोजेक्टले लिइसकेको भन्दै प्रदेश सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

पहिल्यै सुरु भइसकेको कालिगण्डकी करिडोर निर्माणमा तिव्रता दिन ठेकेदारलाई दबाब दिने सरकारसँग आग्रह गर्नुभयो । साथै उहाँले देवघाटबाट जाने शालिग्राम मार्गलाई पूर्णता दिए यसले समग्र नवलपुरको विकासमा कोशेढुगाा सावित हुने भन्दै ६५ लाख बजेटबाट बढाएर वहूवर्षियमा राख्न आग्रह गर्नुभयो ।

 कार्यक्रममा बोल्दै अतिथि रहनुभएका गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले दुर्गम वडाको रुपमा चित्रित वडानम्वर ३ चाँडै सुगम वडाको रुपमा विकास हुने बताउनुभयो । विद्युतीकरण लगायतका समस्या समाधान भएको भन्दै उहाँले अहिले सभाहल निर्माणको सुरु भएको बताउनुभयो । आर्थिक उपार्जनका लागि नगरबाट वाख्रा पकेट र संघीय सरकार मातहतबाट फलफूल जोन कार्यक्रम सुरु गरिने भन्दै कार्यक्रम सम्पन्न पश्चात यो वडा २ बर्स भित्र सुगम वडा बन्ने ठोकुवा गर्नु भयो ।

उहाँले कृष्णगण्डकीलाई दरवन्दी सहित मावि विद्यालय वनाउने बताउँदै वडानम्वर ३ मा देखिएको जुक्ति खोलामा पुलको समस्यालाई आगामी वर्षदेखि सुरु हुने गरि सर्भेको काम सुरु गरिएको र अव कोटा जोड्ने पक्की पुल निर्माणका लागि मन्त्रीसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैडाकोट नगरपालिकाकी उप प्रमुख बिष्णु कुमारी कंडेलले जनप्रतिनिधि हरु खटेरनै वडानम्वर ३ मा बिकास भएको भन्दै अव होमस्टे लगायत पर्यटकीय प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिँदै कृषिका कार्यक्रम र सिचाई का योजना प्रदेश बाट पारिदिन अनुरोध गर्नुभयो ।

कार्यक्रमको अध्यक्षतामा गर्नुभएका बडा नं ३ का वडाअध्यक्ष शिवकान्त तिवारीले सुगम क्षेत्रमा ठुला कार्यक्रम गर्नका लागि पाटी प्यालेसहरु प्रसस्त भए पनि दुर्गम क्षेत्रमा भने यसरी बनेको भवनले ठूलो राहत मिल्ने बताउनुभयो । साथै भवनमा जेष्ठ नागरिकहरुले भजन कृतम गर्दै दिनहरु बिताउन मिल्ने गरि निर्माण कार्य लाई तिब्र पारिने बताउनुभयो । साथै टाटरि बाँसमा जयश्री खोला सिंचाइ योजना सहित ५ वटा लाई लिपिबद्द गरि मन्त्री गुरुङ लाई माग पत्र पेश गर्नु भयो ।

कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष षडानन्द लामिछाने, नेपाली काँग्रेसका नगर सभापति तारापति खरेल,नगरपालिकाका वडाअध्यक्षहरु, नगरकार्यपालिका सदस्यहरु, वडाका स्थानीय बासिन्दाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्यले गर्नु भएको थियो।

Share.

Leave A Reply