डेढ महिनाभित्र नवलपुरमै लाइसेन्सको ट्रायल सुरु हुन्छ ः मन्त्री वस्नेत

0

डोलराज रानाभाट, १७ असोज, गैडाकोट ।

नवलपुर जिल्लामा ढिलोमा डेढ महिना भित्र सवारी लाइसेन्स प्रदान गर्ने गरि काम अघि बढाइएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतले जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका वस्नेतले विजय एफएमसँग कुराकानी गर्दै अहिले कर्मचारी व्यवस्थापनको कामलाई प्राथमिकता दिएर काम भइरहेको जानकारी दिनुभयो ।

जिल्लामा रहेको यातायात ब्यवस्था सेवा कार्यालयलाई स्तोरन्नती गर्नेबारे भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। यसका लागि आवश्यक बजेट ब्यवस्था भइसकेको र अहिले भएका ८ जना दरवन्दीका कर्मचारी सहित नयाँ ७ जना थपेर १५ जना कर्मचारीको व्यवस्थापन गरिने भएको छ ।

Share.

Leave A Reply