‘चाडपर्वलाई ध्यानमा राखेर नवलपुरको सुरक्षा व्यवस्था कडा’

0

डोलराज रानाभाट, १७ असोज । अन्य समय भन्दा चाडपर्वमा मानिसहरुको चहलपहल बढी हुने भएकाले नवलपुर जिललाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभयो । चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

सधैँका दिनभन्दा मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्ती लगायत बढाएको उहाँको भनाई छ । सहकर्मी माया कडेँलसँगको कुराकानीमा एसपी पोखरेलले जिल्ला प्रवेशको नाका गैडाकोटमा पनि मोटरसाइकल देखि अन्य गस्ती बढाएको र यात्रु सहायता कक्षलाई सक्रिय पारिएको बताउनुभयो ।

कुनै पनि घटना घटेको थाहा पाउनेवित्तिकै घटना भएको ठाउँमा जाने र तत्काल उद्धार गर्ने गरि टोली तयार रहेको र अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको उहाँले बताउनुभयो । ग्रामिण र राजमार्ग क्षेत्रमा प्रहरी परिचालन गरिएको र नवलपुरका हरेक नगरपालिका र गाउँपालिकामा गस्ती बढाउन र सर्वसाधरण जनताको गुनासा आउनसाथ ‘क्वीक रेस्पोन्स’ गर्न आदेश दिएको पोखरेलले बताउनुभयो ।

Share.

Leave A Reply