गैँडाकोटका वडा नं. ८ र ७ को धानमा फट्केकिराको संक्रमण, नियन्त्रण कसरी गर्ने

0

हिमा अर्याल, १६ असोज ।


गैँडाकोट नगरपालिकाका क्षेत्रमा लगाइएको धानमा अहिले फट्केको किराको संक्रमण देखिएको गैँडाकोट नगरपालिका कुषि शाखा ले जानकारी दिएको छ । गैँडाकोट ८ र ७ नं. वडामा बढि मात्रामा फट्केकिराको समस्या देखिएको छ । बढि चिस्यान भएको ठाँउ र बाल्लो गरि धान रोपिएको ठाँउमा संक्रमण भएको पाइएको कृषि शाखा साहायक प्रावधिक सुस्मीता गौतमले जानकारी दिनु भएको छ । यो संगै गवारो रोग, र मरुवा रोगको संक्रमण भएको पनि पाइएको छ । यो रोगले किसानको धानमा खासै धेरै असर नगरेको गौतमले बताउनु भयो ।
फट्के किराले कसरी आक्रमण गर्छ
यस किराले धानको तल्लो भागको पछाडिबाट पात चुसेर खाने गर्दछ । र धानका पात डडेको जस्तो देखिन्छ । र धान पहेलो र खैरो रंगको देखिन्छ र मर्छ ।
जैविक तरिकाले कसरी यो किराको नियन्त्रण गर्न सकिन्छ ।
यो फट्के किराले यदि धानमा आक्रमण गरिसकेको अवस्था छ भने धानमा भएको पानि ४– ५ दिनको लागि निकाल्दीने र सुस्खा बनाईदिने र त्यसपछि फेरि सिचाई गर्ने यो प्रकृया २– ३ पटक सम्म गर्न सकिन्छ । यसले फट्के किरा सहित अन्य किराको संक्रमणलाई कम गर्छ ।
यस्तै मल प्रयोग गर्दा प्रांगारिक मलको प्रयोग बढि गर्ने र युरिया मल उचित मात्रामा हाल्ने गर्नु पर्छ । सिफारिस गरे भन्दा बढि युरिया मलको प्रयोगले पनि धान पहेलियर मर्न सक्छ । युरिया हाल्दा फस्फोरस र पोटासको प्रयोग सुझाव अनुसार हाल्नु पर्छ ।
विषादिको प्रयोग कुन अवस्थामा गर्ने
आफैले प्रयोग गरेको उपायले किरा नष्ट नभएमा रासायिनिक विषादिको प्रयोग गर्नु पर्छ । भट्केकिराका लागि इमिराक्लोरोपिड १ लिटर पानिमा २ एम एलमात्रै विषादि हालेर प्रयोग गर्नु पर्छ । १० लिटर पानिमा २ एम एलको दरले २० एमएल मात्रै विषादि हाल्दा सवै भागमा पर्ने गरि विचार गरेर हाल्नु पर्ने कृषि शाखा साहायक प्राविधिक सुस्मीता गौतमको सुझाव छ । मर्ने किरा यहि मात्रा हालिएको विषादिले मर्ने बताउदै गौतमले प्राविधिक अथवा एग्रोभेटले दिएको सुझाव भन्दा बढि विषादि प्रयोग नगर्न आग्रह गर्नु भयो ।

Share.

Leave A Reply