कानुनमन्त्री हरिबहादुर चुमानद्वारा विजयनगर खानेपानी संस्थाको अवलोकन

0


प्रेम क्षेत्री
साउन ३२, गैंडाकोट । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पुर्वी नवलपरासीको गैंडाकोटमा रहेको विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अवलोकन गर्नुभएको छ । अवलोकन भ्रमण पश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री चुमानले विजयनगर खानेपानी संस्थाको उन्नतीका लागी मन्त्रालयबाट गर्न सक्ने सहयोग प्रदान गर्ने बताउनुभयो । साथै उहाँले गरिब विपन्नलाई सर्वसुलभ दरमा पानी पिउन पाउने वातावरण बनाउन आग्रह गर्नुभयो । नेपाल सरकार र उपभोक्ताको साझेदारीमा आयोजना भएकोले सफल भएको जनाउँदै उहाँले २ वर्षभित्र हरेक नेपालीलाई स्वच्छ, सफा खानेपानीको व्यवस्था सरकारले गर्ने लक्ष्य रहेको बताउनुभयो । संस्थाको आर्थिक र भौतिक सहयोगको लागि आफ्नो र प्रदेश सरकारको तर्फबाट सधैं रहने वचनवद्धता व्यक्त गर्नुभएको छ ।

संस्थागत जानकारी गराउँदै विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुभाष चापागाईले संस्थाको २ करोड ५० लाख ऋण रहेको र ऋणचुक्ताका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यस क्षेत्रमा रहेका गरिब विपन्न परिवार वढि रहेको उल्लेख गर्दै उहाँले आर्थिक तथा भौतिक संरचना निर्माणमा सहयोग मिले सर्वसुलभरुपमा पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल, गैंडाकोट ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, गैंडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटा, नेकपाका नगर अध्यक्ष षडानन्द लामिछाने, नेकपाका गण्डकी प्रदेश सदस्य धनप्रसाद सापकोटा, समाजसेवी कृष्ण घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद सापकोटाले स्वागत गर्दै सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो । संस्थाका सचिव जयराम कंडेलले सहजिकरण गर्नुभएको कार्यक्रम विजयनगर पम्पि∙ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुभाष चापागाईको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply