विकूद्वारा जिल्लामा नै अत्यधिक रगत संकलन

0

प्रेम क्षेत्री
साउन ३२, गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जिल्लामा नै अत्यधिक रगत संकलन गर्न सफल भएको छ । जिल्लाका दुई स्थानमा भएको वृहत खुल्ला रक्तदानमा जिल्लामा नै अत्यधिक रगत संकलन भएको हो । कावासोती र गैंडाकोटमा एकैसाथ गरि ५५० युनिट रगत संकलन भएको विकूका गैरवित्त विभाग प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
विजय विकास स्रोत केन्द्र गंैडाकोटमा भएको कार्यक्रममा २५ महिला सहित २३८ र कावासोती गुम्वाचोकमा रहेको विकू कावासोती सेवा केन्द्रमा ५१ महिला सहित ३१२ जना गरि ५५० जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।


विजय विकास स्रोत केन्द्रमा गैंडाकोटमा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले रक्तदान जस्तो महान कार्यमा विकूले देखाएको सक्रियता एवम् हरेक वर्ष निरन्तरता दिनु नै ठुलो कुरा रहेको बताउनुभयो । उहाँले मानविय सहयोगमा सरिक हुन सम्पूर्णलाई आग्रह गर्नुभएको छ ।
नेपाल रेडक्रस सोसाईटी चितवनका मन्त्री हरिप्रसाद पौडेलले रगतको विकल्प रगत नै चाहिने र मान्छेका लागि मान्छेकै रगत आवश्यक हुने भएकाले यस्तो महान कार्यमा सरिक हुनु भनेको निकै पुण्य कमाउनु रहेको बताउनुभयो । नेपालमा नै दोस्रो बढि रगत खपत हुने जिल्लाका रुपमा चितवन रहेको समेत उहाँले बताउनुभयो । विकूजस्ता चितवन नवलपुरका विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा नै रगत अभावमा कसैले ज्यान गुमाउन नपरेको उहाँको भनाई छ । चितवनमा वार्षिक ४० हजारदेखी ५० हजार रगत खपत हुने जनाउँदै उहाँले नेपालका सवै क्षेत्र र भारतका विरामीहरुलाई यस क्षेत्रमा संकलन हुदैं आएको रगतले पु¥याउँदै आएको र यसलाई निरन्तरता दिनु महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् विकूका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलले सामाजिक कार्य अन्तगर्त विकुले हरेक वर्ष रक्तदानको कार्यक्रमको आयोजना गरेको बताउनुभयो । रक्तदान जस्तो पुनीत कार्यमा सहभागी सवैमा उहाँले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा वडाअध्यक्षहरु डिलाराम रिजाल, नवराज कंडेल, चोलानाथ उपाध्याय, हरिप्रसाद सापकोटा, देविदत्त कंडेल, शसस्त्र प्रहरी बल बेस क्याम्प पितौजीघाटका प्रहरी नायब उपरिक्षक भानुभक्त लम्साल, ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक दिपक कार्की लगायतको उपस्थिती रहेको थियो । विकूका कोषाध्यक्ष कलिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम विकूका सहसचिव प्रेमप्रसाद सापकोटा राजुले सहजिकरण गर्नुभएको थियो ।
यस्तै कावासोतीमा भएको रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले विकूले आयोजना गरेको कार्यक्रम र यसले समाजमा गरेका गतिविधी प्रशंसनिय योग्य रहेको बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् विकूका सचिव तथा वार्षिकोत्सव मूल समारोह समितिका संयोजक गोविन्द रिमालले रक्तदान गरे पुण्य मिल्ने बताउँदै कार्यक्रममा सरिक रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा विकूका सञ्चालक एवम् शिक्षा उप समितिका संयोजक ओमप्रसाद सापकोटा, नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाका कार्यवाहक सभापति वेदप्रसाद न्यौपाने, चोरमारा सेवा केन्द्र संयोजक केदारप्रसाद पराजुली, क्षेत्रिय रक्त सञ्चार केन्द्र भरतपुरका विश्वनाथ सापकोटा, विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका वक्ताहरुले रक्तदान गर्न आÞवान गर्नुभएको थियो ।
कार्यक्रममा ८५ औं पटक रक्तदान गर्ने शिव गिरीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको थियो । कावासोती सेवा केन्द्रकी संयोजक दिलमाया श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम कावासोती सेवा केन्द्रका ईन्चार्ज राजु पोखरेलले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply