विजयनगर खानेपानी नेतृत्वका लागि चुनावी अभियान/ डिजिटल प्रविधिको प्रयोग

0

३० असार, गैडाकोट । गैँडाकोट ६ मा रहेको विजयनगर खानेपानी उपभोक्ता समितिको निर्वाचन भोलि हुँदैछ । अध्यक्ष पदका उम्मेद्वार वेदप्रसाद चालिसेले उम्मेदवारी फिर्ता लिएपछि अहिले संयुक्त प्यानल मार्फत नेपाली काँग्रेसबाट विष्णुप्रसाद सापकोटा र नेकपा प्यानलबाट सुभाष चापागाईंबीच प्रतिष्पर्धा हुने भएको छ । काँग्रेस सहित राप्रपा र राष्ट्रिय जनमोर्चा नेपालको संयुक्त प्यानल वनेको हो । चालिसेले भने नेकपाका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार सुभाष चापागाइलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो । यसैविच प्रचारप्रसारमा नयाँ शैली अपनाइएको छ। दुवै जना अध्यक्षले डिजिटल प्रविधिको प्रयोग गर्दै म्यासेजबाट मत दिन आग्रह गरिएको छ ।
यस्तै उपाध्यक्षमा सिता गिरी र लक्ष्मी बिक, सचिबमा ईन्द्रराजज्योती पौडेल र जयराम कंडेल यस्तै कोषाध्यक्षमा ईन्द्रमणि चालिसे र प्रेमप्रसाद सापकोटा तथा सहसचिवमा दुर्गाप्रसाद सापकोटा र लक्ष्मीप्रसाद चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचनको माहोल बनाउन उम्मेदवारहरु घरदैलो अभियानमा रहेका थिए । निर्वाचनको सवै तयारी पुरा भएको र भोलि विहान ८ बजेबाट खानेपानीको हलमै चुनाव हुने निर्वाचन अधिकृत बोलप्रसाद भूषालले विजय एफएमलाई जानकारी दिनुभयो ।

Share.

Leave A Reply