हराएको अंजिङ्गर गैडाकोट ४ मा भेटियो

0


डोलराज रानाभाट, १९ जेठ,गैडाकोट । झण्डै डेढ महिना अघि हराएको अंजिङ्गर आज गैडाकोट ४ मा भेटिएको छ ।  जयश्री सामुदायिक वनले वडानम्वर ५ मा झण्डै ३ महिनाको हुँदा भेटाएको अंजिङ्रको संरक्षण गर्दै कार्यालय परिसरमा खोरमा राख्दा हराएको थियो  । आज विहान गैडाकोट ४ मा रहेको वामदेव पोखरेलको घरपरिसरमा भेटिएको अंजिङ्गर वोरामा उठाएर फेरि खोरमा लगिएको छ । अहिले संरक्षणमा ध्यान दिँदै खोरलाई पनि व्यवस्थित वनाइएको कार्यालय सचिव वालकृष्ण काप्रीले विजय एफएमलाई जानकारी दिनुभयो । वडानम्वर ५ बाट ल्याउँदा ३ महिनाको थियो भने अहिले ५ महिनाको भएको उहाँको भनाई छ । हुर्किएको अजिङ्रलाई गैडाकोट ४ चुनपोले पाखामा निर्माण भएको स्वर्गिय होमनाथ स्मृति वातावरण मैत्री वाल उद्यानमा राखिने बताइएको छ ।

Share.

Leave A Reply