स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहर व्यवस्थापनमा चुनौती

0

फाईल तस्विर

प्रेम क्षेत्री ।
गैंडाकोट । गैंडाकोट नगर क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहर व्यवस्थापन र लागु तथा मनोपद्दीपक औषधीहरुको विक्री प्रमुख चुनौतीका रुपमा देखापरेको छ । नगर क्षेत्रमा सञ्चालित अधिकांश स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहर व्यवस्थापनकार्य फितलो रहेको पाइएको हो । विशेषगरी मेडिकल तथा फार्मेसीहरुले फोहर व्यवस्थापन कार्यलाई सुधार गर्नुपर्ने एक अध्ययनले देखाएको हो । नगरमा क्रियाशील नेपाल स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर एकाइले गरेको तथ्याङ्क सङ्कलन तथा अनुगमनका क्रममा मेडिकल तथा फार्मेसीहरुबाट निस्कने फोहर व्यवस्थापन फितलो रहेको पाइएपछि सुधार गर्नुपर्ने सुझाव पेस गरिएको छ ।
संघले नगरका १३ वटा स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेको थियो । यी स्वास्थ्य संस्थामा फोहर व्यवस्थापन चुनौतीको रुपमा रहेको पाईएको हो । सवै स्वास्थ्य संस्थाको साझा समस्या रुपमा रहेको रहेको र यसलाई सुधार गर्नुपर्ने संघका कोषाध्यक्ष हरिदत्त सुवेदीले जानकारी दिनुभयो ।
मेडिकल तथा फार्मेसीबाट निस्कने फोहरजन्य पदार्थ सिरिन्ज, सिसा, डे«सिङ वेस्टेज प्याड लगायतका फोहर वस्तुहरुको व्यवस्थापनका लागि इन्सिनेटरको व्यवस्था गर्न नगरसमक्ष मागसमेत गरिएको संघका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
गैंडाकोट नगर स्वास्थ्य शाखा संयोजक इन्द्र शर्माले फोहर वस्तुहरुको व्यवस्थापनका लागि इन्सिनेटरको आवश्यकता रहेको बताउनुभयो । उहाँले बजेट अभाव रहेको जनाउँदै सो कार्यका लागि नगरप्रमुख समक्ष कुरा राख्ने बताउनुभयो ।
सिरिन्ज, सिसा, डे«सिङ वेस्टेज प्याडलगायतका फोहर वस्तुहरुबाट अत्यधिक संक्रमण हुने डर भएकाले इन्सिनेटर आवश्यकता रहेको उहाँको भनाइ थियो ।
स्रोत साधनको अभावमा पर्याप्त स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्न नसकिएको समेत उहाँको भनाइ छ । नगरमा आउने समस्या तत्कालका लागि समाधान गर्न ¥यापिड रेसपोन्स टिम गठन गरेर अघि बढाइएको उहाँले बताउनुभयो ।
हाल स्वास्थ्य संस्थाबाट निस्कने फोहर नगरपालिकाको डम्पिङ साइडमा नै फाल्ने गरेको पाइएको छ । जसले गर्दा दुव्र्यसनी बढ्न सक्ने जनाइएको छ ।


नगर क्षेत्रमा सञ्चालित स्वास्थ्य संस्थाहरुले खुद्रा विक्रीका लागि राखेका लागू तथा मनोपद्दीपक औषधीहरु चुनौतीका रुपमा देखापरेको जनाउँदै त्यस्तो औषधीको विक्री कार्य रेकर्ड राख्न अनुरोध गरेको छ ।
सो कार्यका लागि स्वास्थ्य व्यवसायी संघ नगर एकाईले अभिलेख दर्ता फारमसमेत उपलब्ध गराएको छ ।
गैंडाकोटमा रहेका १३ वटा स्वास्थ्य संस्थाहरु, मेडिकल, फार्मेसीमा गरिएको तथ्याङ्क सङ्कलन तथा अनुगमनका क्रममा ६ वटाले नार्कोटिक औषधीको रेकर्ड नराख्ने गरेको पाइएको थियो । उनीहरुले त्यस्तो औषधी नबेच्ने गरेको बताएका थिए । यी ६ वटा संस्थामा लागू तथा मनोपद्दीपक औषधीहरु विक्री नगरेको पाइएको समेत संघका कोषाध्यक्ष हरिदत्त सुवेदीले बताउनुभयो ।
नगर क्षेत्रमा ३५ भन्दा बढी स्वास्थ्य संस्था रहेका छन् । जसमध्ये ३२ वटा संघमा दर्ता रहेका छन् । केही नयाँ रहेका र उनीहरु दर्ताको प्रक्रियामा रहेको संघका सचिव खुमनाथ शर्माले जानकारी दिनुभयो । संघका सचिव खुमनाथ शर्माले नगरका अन्य क्षेत्रमा पनि अनुगमन हुने जनाउँदै अभिलेख तयार गर्न लागिएको जानकारी दिनुभयो । संघले नगर स्वास्थ्य शाखासँगको सहकार्यमा नियमित अनुगमनसमेत गर्दै आइरहेको छ ।

 

Share.

Leave A Reply