सार्वजनिक विदामा पनि नियमित औषधी पाईने/ढोडेनीमा आयुर्वेद सेवा उपलब्ध

0

डोलराज रानाभाट, २० जेठ । गैडाकोट नगर स्वास्थ्य शाखाको सक्रियतामा अवदेखि ढोडेनीमा पनि आयुर्वेद सेवा पनि संचालन गरिने भएको छ । अवदेखि हरेक महिनाको २ पटक १५÷१५ दिनको फरकमा सो सेवा उपलब्ध गराइने प्रमुख इन्द्रराज शर्माले जानकारी दिनुभयो । आज गैडाकोट नगरप्रमुख छत्रराज पौडेलले सो सेवाको उद्घाटन गर्दै गाउँघरमा पाइने जडिवुटिको उपयोग तथा उत्पादनमा पनि जोड दिइने गरि सेवा सुचारु गरिएको बताउनुभयो ।

शहरी स्वास्थ्य केन्द्रबाट सेवा दिइरहेको ढोडेनीमा अवबाट आयुर्वेदको सेवा दिने भएको हो । यस्तै नगरस्वास्थ्य शाखाले गरिव विपन्न सुत्केरी महिलाहरुलाई पोषण सामाग्रीको वितरण गरिएको छ । अहिले गैडाकोटका ५ वटा वडामा संचालन गरिएको कार्यक्रमबाट विपन्न सुत्केरी महिलाहरुलाई आज नगरप्रमुख छत्रराज पौडेलबाट २० केजि चामल र ५ केजी गेडागुडी, १ लिटर घ्यु सहित सामाग्री प्रदान गरिएको हो । अहिले यो कार्यक्रम वडान ३,६,७,१४,१८ र १७ मा संचालन भइरहेको शर्माले जानकारी दिनुभयो ।

वडाले छनौट गरेर सुत्केरी महिलाहरुलाइ पठाएपछि सो सामाग्री प्रदान गरिनेछ । यस्तै नगरस्वास्थ्य शाखाको सक्रियताले अवबाट पितौजी घाटबाट क्षयरोग लगायत नियमित खानुपर्ने औषधी विदाको दिन पनि उपलब्ध गराइने भएको छ । आलोपालो कर्मचारीहरुले विदाको दिन पनि औषधी उपलब्ध गराउनेछन् । साथै अहिले हरेक दिन विहान ७ बजेदेखि वेलुका ७ बजेसम्म औषधी उपलब्ध गराइदै आइएको छ ।

Share.

Leave A Reply