सहकारीको प्रबर्द्धनमा जोड दिन आग्रह

0

जेठ २८ गैंडाकोट  ।  भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा चोरमारामा ६ दिने सहकारी व्यवसाय प्रवर्द्धन तालिम मंगलबार देखि सुरु भएको छ । मध्यबिन्दुमा भएका सहकारिलाइ सहकारीको मर्म अनुरुप ब्यवसायिकता सङ्ग जोडन र सहकारीमा उद्द्यमशिलता प्रबर्द्धन गर्ने उद्देश्यले तालिम कार्यक्रम गरिएको मन्त्रालयका योजना शाखा अधिकृत विक्रम सुवेदीले बताउनुभयो । कार्यक्रममा मध्यबिन्दु  नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो ।

उहाले कार्यक्रममा बोल्दै सहकारीलाई प्रबर्द्धन गर्दै ब्यवसायिकतामा जोड दिनुपर्ने बताउनुभएको छ । नगरप्रमुख रानाले सहकारीका विभिन्न कार्यक्रम मार्फत युवाहरूलाई यहि स्वरोजगार बनाउन सकिने बताउदै बिदेश पलायन हुनबाट रोक्नुपर्ने बताउनुभयो । उहाले सहकारीको बिकास गर्न प्रदेश सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । कार्यक्रममा  नगरपालिका भित्रका ३० वटा सहकारीका प्रतिनिधिको सहभागिता रहेको छ ।

कार्यक्रममा  गैंडाकोट नगरपालिकाका शाखा अधिकृत पुष्पराज शर्मा र अन्य अतिथिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा गण्डकी प्रदेश योजना शाखा अधिकृत बिक्रम सुवेदीको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply