सरकारले जनतालाई निराश बनायो – नेता गिरि

0


गैँडाकोट, २३ जेठ । नेपाली कांग्रेसले हिजो गैडाकोटमा जागरण अभियान कार्यक्रम गरेको छ । नारायणी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका पूर्व सिंचाईमन्त्री एवम् केन्द्रिय सदस्य दिपक गिरीले अहिलेको सरकारले जनतालाई निराश बनाएको र अब जनता जाग्नुपर्ने बेला आएको बताउनुभयो । महंगी भ्रष्टचार बढाएको सरकारले सुशासन दिन नसकेको भन्दै काँग्रेसले सरकारको नराम्रो काममा सधैँ खवरदारी गरिरहने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवम् केन्द्रिय सदस्य वद्रि पाण्डेले पार्टीको सुद्धिकरण गर्न आवश्यक भएको भन्दै जगबाटै पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो  । कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य सुमित्रा खनाल,नेपाली कंग्रेस गैंडाकोका नगर सभापति तारापति खरेल लगायतले बोल्नुभएको थियो ।

Share.

Leave A Reply