सफा–सुन्दर हरियाली गैंडाकोट निरन्तर सरसफाई अभियान सातौ श्रृखंला गैडाकोट २ मा सम्पन्न

0


हिमा अर्याल

गैडाकोट, जेठ १९ /
सफा–सुन्दर हरियाली गैंडाकोट निरन्तर सरसफाई अभियान सातौ श्रखला हिजो शनिवार सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका वडा नं. २ स्थित शान्ति नगरटोलमा अभियान सम्पन्न गरिएको हो । अभियानअन्तर्गत शनिबार वडाको शान्ति नगर टोलमा सरसफाइ गरिनुका साथै वृक्षरोपण पनि गरिएको छ ।

सरस्वती निकेतनका शिक्षक तुलसि तिमल्सीनाले गर्नु भएको १० हजार बराबरको सहयोगबाट विरुवा र डस्वीन वितरण गरिएको अभियान्ता कमल तिवारीले जानकारी दिनु भयो । कार्यक्रमको अवसरमा गैडाकोट २ मा निर्माण हुदै गरेको शान्तिनगर टोल विकास सस्था गैडाकोटको लागि सफा–सुन्दर हरियाली गैंडाकोट निरन्तर सरसफाई अभियानको तर्फबाट अभियान्ता गणेश प्रसाद सापकोटाले १० हजार आर्थिक सहयोग गर्ने घोषणा समेत गर्नु भएको छ ।

शान्तिनगर टोल विकास सस्था गैडाकोटले सदस्यहरुको सहयोगबाट जग्गा खरिद गरि आफ्नै भवन बनाउन लागेको र टोलमा हुने सरसफाई देखि हरेक कार्यमा उत्कृष्ट भुमिका खेलेको भन्दै अभियन्ता सापकोटाले प्रशन्सा गर्नु भएको थियो । सस्थाको कामलाई देखेर आफुले आर्थिक सहयोग गरेको अभियन्ता सापकोटाको भनाई छ । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष नवराज कंडेल शान्तिनगर टोल विकास सस्थाका उपाध्यक्ष लगाएत सर्वसाधारणको बाक्लो उपस्थीति रहेको थियो ।कार्यक्रममा सम्बोधन गर्दै टोलका अध्यक्ष पाठकले युवाहरुको सकरात्मक सोचका सुरु गरिएको अभियानले आपूmलाई समेत पे्ररित गरिरहेको भन्दै समितिलाई समेत सरसफाइमा क्रियाशील गराउने धारणा राख्दै आÇनो टोल अरुको जस्तो नभइ उदाहरणिय टोल रहेको बताउनुभयो ।

कार्यक्रममा अभियानका मुख्य अभियन्ता गणेशप्रसाद सापकोटाको अध्यक्षता तथा गैंडाकोट २ शान्ति नगरटोलका अध्यक्ष बालानन्द पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply