संघबाट गैडाकोटलाई ३८ करोड ६४ लाख बजेट /अन्य स्थानीयत तहलाई कति ? हेर्नुहोस्

0


डोलराज रानाभाट,२० जेठ, गैडाकोट । जेठ १५ गते अर्थमन्त्री यवराज खतीवडाले बजेट प्रस्तुत गरेपछि प्रदेश तथा स्थानीयमा कति बजेट आउँछ भन्ने धेरैको चासो थियो । अन्तत अर्थमन्त्रालयले हिजो संघ सरकारबाट प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने बजेटको अंक सार्वजनिक गरेको छ । नवलपरासी वर्दघाट सूस्ता पूर्वलाई वित्तीय समानीकरणमा ९९ करोड ७२ लाख र सशर्त अनुदानबाट १ अर्व ४५ करोड ४ लाख गरि जम्मा २ अर्ब ४४ करोड ७६ लाख रुपैया रकम बजेट छ्ट्याएको छ । गैडाकोट नगरपालिकालाई मात्रै वित्तीय समानीकरणमा १६ करोड ४३ लाख र  सशर्त अनुदानबाट २२ करोड २१ लाख गरि कूल ३८ करोड ६४ लाख रुपैया बजेट विनियोजन गरिएको छ । कावासोती नगरपालिकालाई मात्रै वित्तीय समानीकरणमा १७ करोड १० लाख र  सशर्त अनुदानबाट २६ करोड २५ लाख गरि कूल ४३ करोड ३५ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
त्यस्तै देवचुली नगरपालिकालाई मात्रै वित्तीय समानीकरणमा १३ करोड ७३ लाख र  सशर्त अनुदानबाट १९ करोड ८७ लाख गरि कूल ३३ करोड ६० लाख रुपैया बजेट विनियोजन गरिएको छ ।
उता मध्यविन्दु नगरपालिकालाई मात्रै वित्तीय समानीकरणमा १५ करोड ७८ लाख र  सशर्त अनुदानबाट २४ करोड ३६ लाख गरि कूल ४० करोड १४ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

त्यस्तै बुलिङटार गाउँपालिकालाई मात्रै वित्तीय समानीकरणमा ८ करोड १ लाख र  सशर्त अनुदानबाट १२ करोड २७ लाख गरि कूल २० करोड २८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । त्यस्तै हुप्सेकोट गाउँपालिकालाई मात्रै वित्तीय समानीकरणमा ९ करोड ६४ लाख र  सशर्त अनुदानबाट ११ करोड ६७ लाख गरि कूल २१ करोड ३१ लाख रुपैया बजेट विनियोजन गरिएको छ । त्यस्तै बौदिकाली गाउँपालिकालाई मात्रै वित्तीय समानीकरणमा ७ करोड ३४ लाख र  सशर्त अनुदानबाट १२ करोड २१ लाख गरि कूल १९ करोड ५५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । उता, विनयी त्रिवेणी गाउँपालिकालाई मात्रै वित्तीय समानीकरणमा ११ करोड ६९ लाख र  सशर्त अनुदानबाट १६ करोड २० लाख गरि कूल २७ करोड ८९ लाख रुपैया बजेट विनियोजन गरिएको छ ।

सरकारले समपुरक र विषेश बाहेक आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि देशभरका स्थानीय तहलाई २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान पाएका छन् । यस्तै देशभरका महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् भने उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाउँदा नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउपालिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।

For Full Details: Click the link

https://drive.google.com/file/d/0B4y4c6ve5gDOWldiQWk0TFhUN2xYdnJLaU56UlAtOXZTWlVF/view

Share.

Leave A Reply