शाश्वतधाममा पञ्च वृक्षारोपण

0


तिलक सुवेदी, २३ जेठ, नवलपुर । धार्मिक तथा पर्यटकीय स्थल शाश्वतधाममा विहिबार पञ्चामृत वृक्षको वृक्षारोपण गरिएको छ । शाश्वतधामलाई सनातन धर्मको अध्यन केन्द्र बनाउने उद्देश्यले धामको गुरुकुल क्षेत्र नजिक पाचवटा वृक्ष रोपेको शाश्वतधामका ए.जि.एम. अशोक घर्तीले बताउनुभयो । कार्यक्रममा पाँच वृक्ष रोपण गर्दै सि.जि.आई.पि.का महाप्रवन्धक रामभत्त केसिले हाम्रा परम्परागत सनातन धर्मको संरक्षण र संबद्र्धन गर्दै अध्ययन केन्द्र बनाउन पञ्चामृत वृक्षक पनि चाहिने हुनाले पाच वृक्ष रोपण गरेको बताउनुभयो । पाच वृक्ष अन्तरगत बर, पिपल, समि आप र चाप रहेका छन ।

Share.

Leave A Reply