विपत जोखिम न्यूनिकरणका लागि विजय एफएमले छलफल गर्दै

0

२३, जेठ , गैडाकोट । विजय एफएम १०१.६ ले भोली स्थानिय विपद् र उक्त विपद्बाट हुने क्षति कम गर्न भईरहेका प्रयासका विषयमा छलफल गर्दैछ । बिहान ७ बजे विपद् जोखीम पहिचान गरि यसबाट हुने क्षति न्युनिकरणका लागि भए गरेका प्रयास र पुर्व तयारीका विषयमा छलफल गर्न लागिएको हो । छलफलमा जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाट सुस्तापूर्व) का जिल्ला समन्वय अधिकारी एवम् जिल्ला स्तरिय विपद् व्यवस्थापन समिकिा सदस्य सचिव कृष्णप्रसाद लम्साल, गैंडाकोट नगरपालिका नगर प्रमुख एवम् नगर स्तरिय विपद् व्यवस्थापन समितिका संयोजक, छत्रराज पौडेल, नेपाल रेडक्रस सोसाईटिका नवलपरासी (वर्दघाट सुस्तापूर्व) का जिल्ला सभापति  एवम् जिल्ला स्तरिय विपद् व्यवस्थापन समिकिा सदस्य मदनभक्त अधिकारी सहभागी हुनुहुनेछ । विपद् जोखिमलाई प्रभावकारी न्युनिकरण गर्न गर्नुपर्ने आवश्यक तयारीका विषयमा छलफल हुनेछ । एनसेटसँगको सहकार्यमा विजय एफएमले भूकम्पीय विपतबाट हुने जोखिम कम गर्नका लागि दरो घर दीगो वस्ती कार्यक्रम संचालन गरिरहेको छ ।

Share.

Leave A Reply