विनयी त्रिवेणीमा हुरीले उडाएको टिनले लागेर वालिकाको मृत्यु/८० घरमा क्षती

0

डोलराज रानाभाट, २० जेठ  । हिजो अपरान्ह आएको हावाहुरीले उडाएको टिनले लागेर नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ बस्ने १० वर्षीय अन्जली यादवको ज्यान गएको छ । उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शव पोष्टमार्टका लागि परासी लगिने बताइएको छ । साथै वडान ६ र ७ मा गरि ७० देखि ८० घरमा क्षती पुर्याएको पनि प्रहरीले जनाएको छ । यस्तै ७ नम्वर वडामा हावाहुरीका कारण नारायणी ब्यारेजपुलमा  सीसीटिभि हेर्न राखिएको अस्थायी प्रहरी पोष्टको जस्तापनि उडाएर क्षती पुगेको छ । अहिले पीडितहरु आफूहरुसँग भएको स्थानीय सामाग्रीको प्रयोग गरेर ओत लगोर वसेको र छिट्टै सवै जनप्रतिनिधिहरु मिलेर उद्धारको कार्य गर्ने वडानम्वर ७ का अध्यक्ष गोपाल वहादुर क्षेत्रीले जानकारी दिनुभयो । अहिले जनप्रतिनिधिसहितको प्रहरी टोली क्षती भएको क्षेत्रमा पुगिसकेका छन् । हावाहुरीले केरा खेतीमा पनि क्षती पुगेको बताइएको छ ।

Share.

Leave A Reply