विद्यार्थीको रोजाईमा शाश्वतधाम

0


२० जेठ, गैडाकोट । विश्व ज्योती आवासीय मा .वि .देवचुलीमा  आई. एस. ए. प्रोजेक्ट अन्तरगतको शास्वतधाम प्रोजेक्ट आज सम्पन्न भएको छ । पढाईसगै छुट्टै अतिरिक्त त्र्रिmयाकलापलाई प्राथामिकतामा राख्ने उक्त विद्यालयले २०७५ साल असोज ११ बाट सुरु गरेको यस प्रोजेक्ट सोमबार समापन गरेको हो ।

कक्षा अनुसार छुट्टा छुट्टै प्रोजेक्ट रहेको थियो । जसमा कक्षा ६ का विद्यार्थीले शास्वत धामलाई रोजेका थिए । हाम्रो सनतन धर्म तथा संस्कृति सम्बन्धि धेरै ज्ञान उपलब्ध गराउन शास्वत धामले महत्वपुर्ण भुमिका खेलेको विद्यार्थीहरुले बताएका छन् । कार्यक्रममा विद्यार्थीहरुले धामका बारेमा आफ्ना भनाई राखेका थिए । शास्वत धाममा धर्म पौराणीक कला, संस्कृति जस्ता विभिन्न क्षेत्रमा ज्ञान लिन सफल भएको विद्यार्थी  संरक्षण आचार्यले बताउनु भएको छ ।

आई. एस. ए. प्रोजेक्ट अन्तरगत आज कक्षा ६ मा अध्यनरत विद्यार्थीहरुका लागी यो प्राजेक्ट सञ्चालन गरिएको थियो । विद्यालय व्यबस्थापन समितीका अध्यक्ष मोति प्रसाद अर्यालको अध्यक्षतामा गरिएको कार्यक्रममा देवचुली नगरपालीकाका नगर शिक्षा प्रमुख राम प्रसाद अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै अधिकारीले विद्यार्थी जिवनमा पढाईका साथै छुट्टै अतिरिक्त कृयाकलाप आवश्यक रहेको बताउदै यसमा शिक्षक, अभिभावक दुवैको साथ आवश्यक रहेको कु्रामा जोड दिनु भएको थियो ।

कार्यक्रममा चौधरी ग्रुप तथा शाश्वतधामका तर्फबाट, उपमहाप्रबन्धक हरिशचन्द्र कडेंल, सह महाप्रबन्धक तथा शाश्वतधाम प्रमुख अशोक घर्ती, प्रवन्धक सुरेन्द्र अधिकारी, नायब प्रबन्धकहरु कृष्ण काकी तथा रामचन्द्र धिताल, वैदिक कमाण्डल गुरुकुलका प्रमुख विष्णु घिमिरे लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै रामचन्द्र धितालले हाम्रा परम्परागत सनातन धर्मको संरक्षण र संबद्र्धन गर्दै अध्ययनकेन्द्र बनाउने शास्वत धामको उद्धेश्य रहेको जानकारी गराउँदै यसमा यस प्रोजेक्टले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

विद्यालयले फरक शैलीमा  विभिन्न कार्यक्रम आयोजना गदै आएको जानकारी दिदै अवका दिनहरुमा गुणस्तर शिक्षालाई ध्यानमा राख्दै विद्यालयलाई अगाडि बढाउने विद्यालयका प्रध्यानाध्यापक विष्णु बास्तोलाले बताउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन आई.एस.ए. कोर्डिनेटर चन्दा न्यौपाने (बास्तोला) ले गर्नुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक प्रदिप वास्तोलाले गर्नु भएको थियो ।

Share.

Leave A Reply