विकास बजेट बढाउन माग गर्दै गैडाकोट १६ को भेला सकियो

0

पवित्रा पराजुली

३२ जेठ, गैडाकोट ।  गैडाकोट नगरपालीका वडा नम्बर १६ ले आर्थिक बर्ष २०७६÷०७७ को लागी निती तथा योजना तर्जुमा को लागी वडा भेला सम्पन गरेको छ । अबको बजेट बिकासको काममा केन्द्रित हुनुपर्ने जनाउदै गैडाकोट १६ ले वडा भेला सम्पन गरेको छ । कार्यक्रममा बोल्दै गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलले नगरपालीकाले बनाउने योजना होस या वडाले बनाउने योजना सबै कामप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आफुहरुको नेतृत्वकाल सम्म शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तन गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमकी बिशिष्ट अथिती बिष्णुकुमारी कंडेलले सिंहदरवारको अधिकार गाउँगाँउमा आएको र समृद्ध नगरको महसुस नगरबासीलाई महसुस गराउन निर्माण कामले मात्र नहुने बताउदै यसको लागी उत्पादन क्षेत्रमा पनि जोडदिन आवश्यक रहेको बताउनुभयो । सधै उहाँले महिला बालबालीका लक्षित कार्यक्रम युवा लक्षीत सगै जेष्ठ नागरिक अपाङग र लक्षित वर्गाको लागी पनि कार्यक्रमहरु ल्याउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा आफनो योजना प्रस्तुत गदै समाजसेवी खेमप्रसाद सापकोटाले योजनालाई प्रथामिकीकरण गरेर बजेटको बिनीयोजन गर्न आग्रह गनुभयो । साथै उहाँले वेल्डिया खोलाको बाढी रोक्न र हिनामिना भएका सर्वजनिक सम्पतिको संरक्षणतर्फ पनि वडाको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै स्थानीय तेजेन्द्र सापकोटाले अबको कार्यक्रम उत्पादन केन्द्रित र रोजगार उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा ६ टोलसुधार समितीका प्रतिनीधिले योजना तथा समस्या प्रस्तुत गरेका थिए । स्थानीयले शिक्षा स्वास्थ र उत्पादनको क्षेत्रमा बिशेष जोड दिएका थिए ।

स्थानीएको गुनासो सुनीसकेपछि गैंडाकोट नगरपालीका वडा नम्बर १६ का वडा अध्यक्ष गोवर्धन ज्ञावालीले स्थानीएको माग सम्बोधन हुनेगरि काम गर्ने बताउनुभयो । साथै उहाँले निमार्णमुखि भन्दा पनि उत्पादन मुखी क्षेत्रमा जोड दिनेपनि बताउनुभयो ।

वडा कार्यलयको सभाहलमा सम्पन्न भएको वडा भेलामा वडा सदस्य विनोद कुमार मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो । वडा सचिव ईन्द्र प्रसाद काफ्लेले सहजिकरण गनुभएको कार्यक्रम वडा अध्यक्ष गोवर्धन ज्ञावालीको अध्यक्षयतामा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply