वाइड बडी खरीद प्रकरणमा संलग्नता छैन ः देउवा

0

धनगढी, २९ पुस 

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गर्नुभयो ।

“मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उहाँले भन्नुभयो । सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गर्नुभयो । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने बताउनुभयो । रासस

Share.

Leave A Reply