रोट्रयाक्ट क्लब अफ गैंडाकोटको युवा लक्षित परामर्श कार्यक्रम

0

२५ जेठ, गैडाकोट । रोट्रयाक्ट क्लब अफ गैंडाकोटले युवा लक्षित परामर्श कार्यक्रम सम्पन्न गरेको छ । नारायणी रिसोर्ट गैंडाकोटमा एक कार्यक्रमका विच पदस्थापना समेत गरिएको छ । युवा शसक्तिकरणसँगैं भविष्य निर्धारणका लागि युवालाई सहज होस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको सञ्चार प्रतिनिधी क्षितिज आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले युवा शसक्तिकरणमा जोड दिनुभएको थियो । प्रमुख वक्ताका रुपमा डा. शेखर पोखरेल रहनुभएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कंडेल, रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष गोपेन्द्रकेशरी न्यौपाने, यदुनाथ घिमिरे, भिमप्रसाद शर्मा, करुणासागर सुवेदी, नगर युवा सञ्जालका अध्यक्ष श्याम बन, बाल क्लबकी अध्यक्ष सुस्मीता भण्डारी लगायतले बोल्नुभएको थियो । रोट्रयाक्ट क्लब अफ गैंडाकोटका अध्यक्ष शरद कफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पुरुषोत्तम काफ्लेले सहजिकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply