राष्ट्रिय हितमा काम गर्ने नेता पाइएन ः सांसद कडेँल

0


१७ जेठ, गैडाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संघीय सांसद देवेन्द्रराज कडेँलले राष्ट्रिय हितमा काम गर्ने नेता नपाएको बताउनुभएको छ । सवै व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रीत राजनीति हुँदा राष्ट्रले संरक्षण पाउन नसकेको बताउनुभएको हो । सार्वजनिक गरिएको बजेट समेत कार्यकर्तामूखि भएको भन्दै गृहमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति कडा कटाक्ष गर्नुभयो । काठमाडौँमा भएको बम विस्फोटमा परेर ज्यान गुमाएका व्यक्तिहरु विप्लपकै कार्यकर्ता हुन्, नेपाली नागरिक होइनन् जनता होइनन् भन्दै दिएको अभिव्यक्तिलाइ स्मरण गर्दै द्वन्दकालमा ज्यान गुमाएकाहरु पनि जनता होइनन् त भन्दै आक्रोस व्यक्त गर्नुभयो । नवलपुर मिडिया एण्ड रिसर्च प्रा.लि. ले कावासोतीमा आयोजना गरेको फस्ट नवलपुर एडु फेयर २०१९ उद्घाटन कार्यक्रममा बोल्दै उहाँले अभिभावकले यहि विषय पढ्नुपर्छ भनेर दबाब दिएकाले विद्यार्थी आफ्नो भविष्यप्रति अन्योल देखिएको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका कडेँलले परिवार, समाज र विद्यालय तिनै तहको वातावरण अनुकुल नभएसम्म शिक्षामा प्रभावकारीता ल्यान नसकिने बताउनुभयो ।  नवलपुर एफ.एमका संचालक समितिका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । भोलिसम्म चल्ने एडु फेयर(शैक्षीक मेला) मा करिब ३०० विद्यार्थीले अवलोकन गरेका छन् ।

Share.

Leave A Reply